काठमाडौं उपत्यका बाहिर दुई शाखा नखोलेका लघवित्तले उपत्यकामा शाखा खोल्न नपाउने

काठमाडौं उपत्यका बाहिर दुई शाखा नखोलेका लघवित्तले उपत्यकामा शाखा खोल्न नपाउने

काठमाडौं, १७ फागुन । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुलाइ काठमाडौं उपत्यकाबाहिर दुई वटा शाखा सञ्चालन गरेपछि मात्र काठमाडौं उपत्यकामा एउटा शाखा खोल्न स्विकृती दिने भएको छ।

राष्ट्रि बैंकले हिजो इजाजतपत्र “घ” वर्गका लघुवित्त वित्तीय संस्थाहरुको लागि सो सर्कुलर जारी गरेको हो । उपत्यका बाहिर, महानगरपालिका र उपमहानगरापलिका बाहेकका स्थानमा पुस मसान्तपछि दुई वटा शाखा सञ्चालनमा ल्याएपश्चात उपत्यकामा लघुवित्तको शाखा नभएको स्थानीय तहमा एउटा शाखा खोल्न अनुमति दिइने छ । तर यसका लागि उपत्यका बाहिर खोलिने दुई शाखामध्ये एक शाखा गाउँपालिकामा हुनुपर्ने छ ।

प्रकाशित मिति:     १७ फाल्गुन २०७७, सोमबार  |    Himali Khabar