शेयर बजारमा बढेको दिन यी १३ कम्पनीका लगानीकर्ताले कमाए सबैभन्दा धेरै

शेयर बजारमा बढेको दिन यी १३ कम्पनीका लगानीकर्ताले कमाए सबैभन्दा धेरै

काठमाडौं । बुधबार सेयर बजार परिसूचक नेप्स १०४.८८ अंकले बढेर २८१६.८५ विन्दुमा उक्लिएको छ।

कारोबार पनि २१७ कम्पनीको ६ अर्ब १७ करोड रुपैयाँको भएको छ। सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोपावरको २३ करोड ३४ लाख रुपैयाँको कारोबार भएको छ।

बजार बढेको प्रिमियर इन्स्योरेन्स, बेष्ट फाइनान्स, गुह्यश्वरी मर्चेन्ट, आइसीइएफसी फाइनान्स, कर्पोरेट डेभलपमेन्ट बैंक, मल्टिप्रपोज फाइनान्स, सिन्धु विकास बैंक, रिलायन्स फाइनान्स, दिब्यश्वरी हाइड्रोपावर, यूनिभर्सल पावर कम्पनी, यूनियन हाइड्रोपावर, हिमाल दोलखा हाइड्रोपावर र लिवर्टी इन्र्जी कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ ।

प्रकाशित मिति:     ६ आश्विन २०७८, बुधबार  |    Himali Khabar