बुद्धभूमि हाइड्रोपावरले असोज ११ गतेबाट आइपीओ बिक्री खुला गर्ने

बुद्धभूमि हाइड्रोपावरले असोज ११ गतेबाट आइपीओ बिक्री खुला गर्ने

काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रोपावरले असोज ११ गतेदेखि सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले ८ करोड रुपैयाँ बराबरको आइपीओ जारी गर्न लागेको हो ।

यसअनुसार यसले प्रतिकित्ता १०० अंकित मूल्यका दरले ८ लाख कित्ता साधारण सेयर निष्कासन गर्ने छ । यो मध्ये ५प्रतिशत अर्थात् ४० हजार कित्ता सामुहीक लगानी कोष र २ प्रतिशत अर्थात् १६ हजार कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ ।

बाँकी ७ लाख ४४ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । उक्त सेयरमा असोज १४ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा असोज २५ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् ।

प्रकाशित मिति:     ३ आश्विन २०७८, आईतवार  |    Himali Khabar