काठमाडौं । सेयर बजारमा ओरालो लाग्ने क्रमले बिहीबार निरन्तरता पाएको छ । नेप्से परिसूचक ७६.६५ अंकले घटेर २८१२.३८ बिन्दुमा पुगेको हो ।
जलविद्युत् र फाइनान्स समूहको परिसूचक ४ प्रतिशतभन्दा बढी दरले घटेको छ । सेयर बजारमा ठूलो हिस्सा ओगट्ने बैंकिङ समूह २ प्रतिशतभन्दा बढी दरले खस्किएको छ । ट्रेडिङ, होटल एन्ड टुरिजम्, माइक्रोफाइनान्स र विकास बैंक समूहमा ३ प्रतिशतभन्दा बढी दरले गिरावट आएको छ ।
मनकामना स्मार्ट लघुवित्तको सेयर मूल्यमा भने उच्च वृद्धि भएको छ । एक लाख १३ हजार आठ सय ७ पटकको कारोबारमा एक करोड ६४ लाख ६८ हजार पाँच सय ८ कित्ता सेयर ९ अर्ब तीन करोड ३९ लाख रुपैयाँमा किनबेच भएको छ । अरुण भ्याली हाइड्रोपावरको सेयर कारोबार सबैभन्दा धेरै छ ।