साहस उर्जाले असोज ६ देखि आइपीओ जारी गर्ने

साहस उर्जाले असोज ६ देखि आइपीओ जारी गर्ने

काठमाडौं । साहस उर्जाले असोज ६ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले कुल ७० लाख कित्ता आइपीओ निष्कासन गर्न लागेको हो ।

जसमध्ये ५ प्रतिशत (३ लाख ५० हजार कित्ता) म्युचुअल फन्ड र ३ प्रतिशत (२ लाख १० हजार कित्ता) कम्पनीका कर्मचारीलाई छुट्याइएको छ भने बाँकी ६४ लाख ४० हजार कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

न्यूनतम १० कित्तादेखि अधिकतम १० लाख ५० हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था छ । प्रतिकित्ता १०० रुपैयाँमा आवेदन दिन सकिन्छ । साहजको आइपीओ असोज १० गतेसम्म भर्न सकिन्छ ।

प्रकाशित मिति:     २९ भाद्र २०७८, मंगलवार  |    Himali Khabar