तेह्रथुम पावरको सेयर १० कित्ताका दरले ७४ हजार ४ सय जनाले पाए

तेह्रथुम पावरको सेयर १० कित्ताका दरले ७४ हजार ४ सय जनाले पाए

काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडको आईपीओ शुक्रवार विहान बाँडफाँट भएको छ। विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलको कार्यालयमा आयोजित बाँडफाँट कार्यक्रममा योग्य आवेदकहरुमध्ये ७४ हजार ४०० जनाले १० कित्ताका दरले शेयर पाएका छन्। कम्पनीले कुल शेयरमध्ये २ प्रतिशत अर्थात् १६ हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात् ४० हजार कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहेको ७ लाख ४४ हजार कित्ता शेयर मात्रै सर्वसाधारणमा बाँडफाँट गरेको हो।

कम्पनीको आईपीओमा २३ लाख ५५ हजार ४४७ आवेदकले आवेदन दिएका थिए। सोमध्ये २३ लाख ४६ हजार ६२७ आवेदकको आवेदन स्वीकृत भएको छ भने ८ हजार ८२० जनाको आवेदन रद्द भएको क्यापिटलले बताएको छ। कम्पनीले सर्वसाधारणमा शेयर जारी गर्नुपूर्व आयोजना प्रभावित स्थानियमा आईपीओ विक्री गरिसकेको छ । कम्पनीले आयोजना प्रभावित तेह्रथुम जिल्लाका वासिन्दाहरुलाई ४ करोड बराबरको ४ लाख कित्ता शेयर विक्री गरेको हो ।

आयोजना प्रभावित स्थानियसहित सर्वसाधारणमा १२ करोड बराबरको १२ लाख कित्ता आईपीओ विक्री गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट कम्पनीले असार १० गते अनुमति पाएको थियो ।

प्रकाशित मिति:     २५ भाद्र २०७८, शुक्रबार  |    Himali Khabar