सेयर बजारमा आज करेक्सन, ४४ अंकले घट्याे

सेयर बजारमा आज करेक्सन, ४४ अंकले घट्याे

काठमाडौं । आज ४४.१८ अंकले घटेर बन्द भएको छ। परिसूचक २९३६ विन्दुमा आएको छ।

कारोबार भने २२२ कम्पनीको ७ अर्ब ४९ करोड ५८ लाख रुपैयाँको भएको छ। यो पछिल्लो तीन दिनयताको सबैभन्दा कम कारोबार हो।

अन्य र सामूहिक लगानी कोष सूचकबाहेक सबै घटेका छन्। यो अवस्थामा पनि २६ कम्पनीको सेयर मूल्य बढेको छ।

प्रकाशित मिति:     २२ भाद्र २०७८, मंगलवार  |    Himali Khabar