काठमाडौं । सरकारले धितोपत्र बोर्डका अध्यक्ष भीष्म ढुंगानालाई पदबाट निलम्बन गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले कानुनविपरीत आफ्नो सहदोर भाइ र छोरीको नाममा सेयर खरिद गरेको आरोप लागेपछि छानबिन गर्ने निर्णय गरेको थियो।
त्यस क्रममा उनलाई पदबाट निलम्बन गरिएको अर्थ समितिका सल्लाहकार गोविन्द रोकाले नेपालखबरलाई जानकारी दिए। ढुंगानालाई सर्वोत्तम सिमेन्टको बुक विल्डिङ मार्फत बिक्रीमा रहेको सेयर आफन्तको नाममा खरिद गरेको आरोप लगेको छ।