सेयर बाँडफाँटको नतिजा हेर्न सीडीएससीको छुट्टै वेबसाइट

सेयर बाँडफाँटको नतिजा हेर्न सीडीएससीको छुट्टै वेबसाइट

काठमाडौं, १६ फागुन । सीडीएस एन्ड क्लियरिङ लिमिटेडले सार्वजनिक निष्कासन भएका धितोपत्र बाँडफाँटको नतिजा हेर्नका लागि छुट्टै वेबसाइट सार्वजनिक गरेको छ ।

धितोपत्र बाँडफाँटको नतिजा सीमित वेबसाइटबाट मात्र हेर्न सकिने व्यवस्था गर्दा समयमै नतिजा हेर्न नसक्ने भएपछि सीडीएसले नयाँ वेबसाइट सञ्चालनमा ल्याएको हो । सार्वजनिक निष्कासनको नतिजामात्र राखिने उक्त वेबसाइट सुरक्षित, छरितो तथा धेरै लगानीकर्ताले एकसाथ प्रयोग गर्न सक्ने गरी उच्च क्षमतामा तयार गरिएको सीडीएस एन्ड क्लियरिङ लिमिटेडले जनाएको छ ।

सो वेबसाइटमा लगानीकर्ताले सार्वजनिक निष्कासन भएका धितोपत्र बाँडफाँटको नतिजा बाँडफाँट सम्पन्न हुनेबित्तिकै हेर्न सक्नेछन् ।

प्रकाशित मिति:     १६ फाल्गुन २०७७, आईतवार  |    Himali Khabar