भिटोफको साधारण सभा चैत २० मा, कसले पाउँला नेतृत्वको जिम्मा ?

भिटोफको साधारण सभा चैत २० मा, कसले पाउँला नेतृत्वको जिम्मा ?

काठमाडौं, १६ फागुन । गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) नेपालको २४ औं बार्षिक साधारण सभा आगमी चैत २० गतेका लागि आह्वान गरिएको छ। उक्त साधारण सभाले संघको नयाँ नेतृत्व समेत चयन गर्ने छ । कोरोना कारण स्थगित भएको उक्त साधारण सभाको मिति घोषणा भएसँगै नेतृत्वका आकांक्षीहरु आफ्नो पक्षमा माहोल खडा गर्न लागेका छन् ।

साधारण सभाका लागि चैत ११ गतेसम्म सदस्यता नविकरण गर्न पनि भिटोफले आग्रह गरेको छ ।

मञ्चको नयाँ नेतृत्वका लागि प्रथम उपाध्यक्ष दिपक दाहाल, महासचिव जस्फा पाण्डे, पूर्व महासचिव राजकुमार थापा र कोषाध्यक्ष राजकुमार धमलाको चर्चा छ । मञ्चले नेपालको ग्रामिण पर्यटन प्रवद्र्धका लागि नयाँ गन्तव्यको पहिचान र प्रवद्र्धनको काम गर्दै आएको छ ।

प्रकाशित मिति:     १६ फाल्गुन २०७७, आईतवार  |    Himali Khabar