३ जना भाग्यशालीले पाए मानुषी लघुवित्तको ११ कित्ता शेयर

३ जना भाग्यशालीले पाए मानुषी लघुवित्तको ११ कित्ता शेयर

काठमाडौ । मानुषी लघुवित्त वित्तीय संस्थाको ३६ हजार ८५९ जनाले आइपीओ पाएका छन् । त्यसमध्ये ३ जनाले ११ कित्ता पाएका छन् । ३६ हजार ८५६ जनाले भने १० कित्ता पाएका छन् ।

आइपीओमा २३ लाख ६१ हजार आठ २७ जनाले आवेदन दिएका थिए ।

कम्पनीले साउन २७ गतेदेखि ३१ गतेसम्म सर्वसाधारणमा आईपीओ विक्री गरेको थियो । सर्वसाधारणमा कुल ३ लाख ९३ हजार ७५० कित्ता आईपीओ वितरण गरेको हो । कुल कित्तामध्ये ५ हजार ४६९ कित्ता कर्मचारीको लागि र १९ हजार ६८८ कित्ता सामुहिक लगानी कोषको लागि सुरक्षित गरी ३ लाख ६८ हजार ५९३ कित्ता शेयर सर्वसाधारणमा सार्वजनिक निष्कासन मार्फत विक्री गरेको हो ।

प्रकाशित मिति:     ७ भाद्र २०७८, सोमबार  |    Himali Khabar