आज र भोली सेयर बजार बन्द, मंगलबार मात्र कारोबार खुल्ने

आज र भोली सेयर बजार बन्द, मंगलबार मात्र कारोबार खुल्ने

काठमाडौं । सेयर बजार आइतबार र सोमबार बन्द हुने भएको छ । आज आइतबार रक्षावन्धन तथा जनै पूर्णिमा परेकाले सरकारले मुलुकभर सार्वजनिक विदा दिएको छ ।

त्यस्तै, भोली सोमबार गाइजात्रा पर्व परेकाले काठमाडौं उपत्यकामा बिदा छ । सोही कारण नेप्से कार्यायल पनि बन्द भएको हो ।

अब बजार मंगलबार बिहान ११ बजे खुल्नेछ । यसअघि बिहीबार नेप्से सूचक १८.२४ अंकले घटेर ३१८०.७८ बिन्दुमा बन्द भएको छ ।

प्रकाशित मिति:     ६ भाद्र २०७८, आईतवार  |    Himali Khabar