शिखर इन्स्योरेन्सको १५ र १६ औं साधारण सभा चैत ९ गते

शिखर इन्स्योरेन्सको १५ र १६ औं साधारण सभा चैत ९ गते

काठमाडौं, १६ फागुन । शिखर इन्स्योरेन्सले आगामी चैतमा १५ र १६ औ वार्षिक साधारणसभा आह्वान गरेको छ । चैत ९ गते बस्ने साधारण सभाले बोनस शेयर पछि कामय पुँजीको थप ३० प्रतिशत हकप्रद निष्काशन गर्ने विशेष प्रस्ताव पेश गरिने छ ।

कम्पनीले ३० प्रतिशत हकप्रद शेयरबाट कायम शेयर पुँजीमा आर्थिक वर्ष २०७६÷७७ को मुनाफाबाट २७.७६ प्रतिशत बोनस शेयर दिने प्रस्ताव गरेको छ।

कम्पनीले गत साउन ४ गतेदेखि ३० प्रतिशत हकप्रद शेयर बिक्री गरेको थियो। हकप्रद शेयर पछि कम्पनीको चुक्ता पुँजी एक अर्ब ३६ करोड रुपैयाँ पुगेको थियो। यसै पुँजीमा प्रस्तावित २७.७६ प्रतिशत बोनस शेयर वितरण पछि कम्पनीको चुक्ता पुँजी एक अर्ब ७३ करोड रुपैयाँ पुग्नेछ।

प्रकाशित मिति:     १६ फाल्गुन २०७७, आईतवार  |    Himali Khabar