काठमाडौं । धितोपत्र बोर्डका अध्यक्ष भीष्म ढुंगानाले छोरीको नाममा सेयर किनेपछि अर्थमन्त्रालयले व्यक्तिगत स्पष्टीकरण माग गरेको छ। यसअघि बोर्डसँग स्पष्टीकरण माग गरेको थियो।
अर्थमन्त्रालयले बोर्डसँगै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृतसँग पनि स्पष्टीकरण माग गरेको छ। मन्त्रालयले संस्थागतपछि व्यक्तिगत प्रष्टीकरण सोधेको हो। साउन २७ गते स्पष्टीकरण सोधेको अर्थसचिव मधुकुमार मरासिनीले जानकारी दिए। शुक्रबार अर्थसमितिमा मरासिनीले स्पष्टीकरण सोधेको जानकारी गराएका हुन्। उनीहरुले प्रष्टीकरणको जबाफ पठाइसकेका छन्। अब त्यसको अध्ययन गर्न एक समिति बनाउने छ ।