सेयर बजारमा बुधबार नयाँ रेकर्ड कायम

सेयर बजारमा बुधबार नयाँ रेकर्ड कायम

काठमाडौं । सेयर कारोबार मापक नेप्से परिसूचक हालसम्मकै उच्च विन्दुमा पुगेको छ । बुधबार नेप्से परिसूचक ३ हजार २ सय नजिक पुगेर नयाँ रेकर्ड कायम भएको हाे ।

यस अघि ३ हजार १ सय ७९ अंकमा पुगेर नयाँ रेकर्ड कायम भएको थियो । नेप्से परिसूचकसँगै कारोबारमा पनि बुधबार उत्साह देखिएको छ ।

कारोबार पनि २१ अर्ब माथिको भएको छ । २२८ कम्पनीको २१ अर्ब ३१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

प्रकाशित मिति:     २ भाद्र २०७८, बुधबार  |    Himali Khabar