काठमाडौं । न्यादी हाइड्रोपावर लिमिटेडले आजदेखि आईपीओ विक्री गर्ने भएको छ । कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका कुल १८ लाख कित्ता साधारण शेयर आयोजना प्रभावित स्थानीय बासिन्दा तथा संस्थापक शेयरधनीहरुलाई विक्री गर्न लागेको हो ।
कम्पनीले आयेजनाको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन तथा पुरक वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन बमोजिमको अति प्रभावित क्षेत्र लमजुङ जिल्लाको मस्र्याङ्दी गाउँपालिका वडा नं. ३ (साविक खुदी गा.वि.स.का वडा नं. १, २, ३ र ६ मात्र) तथा मर्स्याङ्दी गाउँपालिका वडा नं. ६, ७ र ८ (साविक बाहुनडाँडा गा.वि.स. र साविक भुलभुले गा.वि.स. का सम्पूर्ण वडाहरु) का स्थानीय बासिन्दाहरुका लागि ५ लाख कित्ता र सो क्षेत्र बाहेक लमजुङ जिल्लाका अन्य क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि १० लाख कित्ता शेयर विक्री गर्न लागेको हो ।
बाँकी ३ लाख कित्ता भने कम्पनीले आफ्ना संस्थापक शेयरधनी बुटवल पावर कम्पनी र लमजुङ विद्युत् विकास कम्पनीका कर्मचारीहरुका लागि विक्री गर्नेछ । यो आईपीओ छिटोमा भदौ १५ गतेसम्म विक्रीमा रहनेछ ।