कुमारी बैंकद्वारा ग्वार्को तरकारी बजारमा क्युआर कोड सेवाको सुरुवात

कुमारी बैंकद्वारा ग्वार्को तरकारी बजारमा क्युआर कोड सेवाको सुरुवात

काठमाडौं, १३ फागुन । कुमारी बैंकडले ग्वार्कोको तरकारी तथा फलफूल बजारमा क्युआर कोडमार्फत् भुक्तानी गर्न सक्ने सेवाको सुरुवात गरेको छ । उक्त क्युआर कोड हस्तान्तरण बिहीबार बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारी र ललितपुर नगरपालिकाका नगर प्रमुख चिरीबाबु महर्जनले गरेका हुन् ।

ग्वार्को तरकारी बजारमा क्युआर कोड हस्तान्तरणले ललितपुर महानगरलाई डिजिटल सहर बनाउँने लक्ष्यमा थप एक इटा थपिएको नगर प्रमुख महर्जनले बताए । आफूहरुले ललितपुरलाई डिजिटल सहरमा रुपान्तरण गर्ने लक्ष्यका साथ पहिलो चरणको काम गरि सकेको पनि उनले बताए । उनले अब छिटै महानगरले कर पनि फोनबाट नै तिर्न सक्ने व्यवस्था गर्ने बताए ।

त्यस्तै बैंकका प्रमुख कर्यकारी अधिकृत भण्डारीले राष्ट्र बैंकको नीतिअनुसार आफूहरुले डिजिटल बैंकिङ्गलाई प्रोत्साहन गर्दै आएको बताए । अबको युग डिजिटलमय बन्दै गएकोले डिजिटल बैंकिङ्गको प्रयोग अफिसदेखि भान्सासम्म हुन जरुरी रहेको उनको भनाई छ ।

प्रकाशित मिति:     १३ फाल्गुन २०७७, बिहीबार  |    Himali Khabar