मानुषीको आईपीओमा २३ लाख ६६ हजार १९५ जनाको हात खानी हुने !

मानुषीको आईपीओमा २३ लाख ६६ हजार १९५ जनाको हात खानी हुने  !

काठमाडौं । मानुषी लघुवित्तको आइपीओमा ३ अर्ब ६ करोड ३२ लाख ४३ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार २४ लाख ३ हजार ५५ जना आवेदकले ३ करोड ६ लाख ३२ हजार ४३० कित्ताका लागि आवेदन दिएका छन् । यो आवेदन सर्वसाधारणबाट माग गरिएको भन्दा ८३.१० गुणा धेरै हो ।

मानुषीको आइपीओमा माग भन्दा बढी आवेदन परेकाले सेयर पाउन भने भाग्यमै पर पर्नुपर्नेछ । गोलाप्रथाबाट सेयर बाँडफाँट हुनेछ । यसमा २४ लाख ३ हजार ५५ जना आवेदकबाट कुल ३ अर्ब ६ करोड ३२ लाख ४३ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । यसआधारमा सर्वसाधारणलाई बिक्री गरिएको ३ लाख ६८ हजार ५९३ कित्तालाई आधार मान्दा ३६ हजार ८५९ जना आवेदकले १० कित्ताका दरले सेयर हात पार्ने देखिएको छ । २३ लाख ६६ हजार १९५ जना भने आइपीओ पाउनबाट बञ्चित हुनेछन् ।

प्रकाशित मिति:     ३२ श्रावण २०७८, सोमबार  |    Himali Khabar