दमकको औद्योगिक पार्कको आइतबार उद्घाटन गरिने

दमकको औद्योगिक पार्कको आइतबार उद्घाटन गरिने

काठमाडौं, १३ फागुन । चिनियाँ लगानीमा दमकमा निर्माण हुन लागेको दमक क्लीन इण्डस्ट्रियल पार्कको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले आइतबार आफ्नो गृह जिल्लामा निर्माण हुन लागेको उक्त पार्ककको उद्घाटन गर्ने भएका हुन् ।

उक्त पार्क निर्माणका लागि लगानी बोर्ड नेपालले ५८ करोड ६० लाख अमेरिकी डलर (६५ अर्ब रुपैयाँ) लगानी स्वीकृत गरेको छ । लगानी बोर्ड नेपाल र चिनियाँ लगानीको दमक क्लीन इन्डस्ट्रियल पार्कबीच २०७६ असोजमा उक्त समझदारी भएको थियो ।

ल्हासा इकोनोमिक एण्ड टेक्नोलोजिकल डेभलपमेन्ट जोन इन्भेष्टमेन्ट डेभलपमेन्ट कम्पनीले औद्योगिक पूर्वाधार निर्माणमा लगानी गर्न लागेको हो । उक्त चिनियाँ कम्पनीका अध्यक्ष झाउ चेङ्जीले उक्त औद्योगिक पार्कभित्र खाद्यवस्तु, घरयासी सामग्रीहरू, सञ्चार उपकरण, विद्युतीय तथा सञ्चार उपकरण उत्पादन उक्त पार्कभित्र हुने बताइएको छ ।

प्रकाशित मिति:     १३ फाल्गुन २०७७, बिहीबार  |    Himali Khabar