आइपीओको नतिजा अव यी तीन ठाउँबाट मात्र हर्ने पाइने

आइपीओको नतिजा अव यी तीन ठाउँबाट मात्र हर्ने पाइने

काठमाडौं, १३ फागुन । प्राथमिक शेयर (आइपिओ) को नतिजा सञ्चार माध्यमले आफ्नो वेवसाइटबाट सार्वजनिक गर्न नपाउने भएका छन्। सिडिएससी एण्ड क्लियरिङ्ग लिमिटेडले लगानीकर्ताको गोपनियता सार्वजनिक भएको भन्दै प्राथमिक शेयरको नतिजा सञ्चार माध्यमलाई प्रदान गर्न सम्पुर्ण धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धकहरुलाई पत्राचार गरेको छ।

अधिकाम्स लगानीकर्ताले आफ्नो डिम्याट खाता नम्बर तथा नाम सञ्चार माध्यमबाट सार्वजनिक भएको भन्दै गुनासो गरे पछि इस्यु म्यानेजरहरुलाई प्राथमिक शेयरको नतिजा सञ्चार माध्यमलाई उपलब्ध नगराउन निर्देशन दिइएको सिडिएससीका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए।

धेरै पहिला अगाडि पनि नेपाल धितोपत्र बोर्ड र सिडिएससी विच यस्तो छलफल भएको थियो। प्राथमिक शेयरको नतिजा हेर्न पाउने पर्ने लगानीकर्ताको माग पछि सञ्चार माध्यमबाट हेर्न मिल्ने व्यवस्था गरिएको न्यौपानले बताए। तर पछिल्लो समय लगानीकर्ताको गोपनियताको विषयलाई लिएर आवाज उठेपछि यस्तो सर्कुलर जारी गरिएको सिडिएससीले जनाएको छ।

प्रकाशित मिति:     १३ फाल्गुन २०७७, बिहीबार  |    Himali Khabar