सानिमा लाइफको आइपीओमा १७ लाख ६८ हजारको हात खाली

सानिमा लाइफको आइपीओमा १७ लाख ६८ हजारको हात खाली

काठमाडौं । सानिमा लाइफ इन्सुरेन्सको आइपीओ आज बाँडफाँट भएको छ । गोलाप्रथामार्फत ५ लाख ४० हजार जना आवेदनले १० कित्ताका दरले सेयर पाएका छन् । सानिमाको आइपीओमा आवेदन दिएका कुल २४ लाख १९ हजार ८४८ जनामध्ये २३ लाख ८ हजार १२२ को आवेदन मात्र योग्य ठहरिएको थियो । सोही योग्य आवेदनलाई गोलाप्रथामा सहभागी गराइएको हो ।

योग्य आवेदकबाट १७ लाख ६८ हजार १२२ जनाको हात भने खाली भएको छ । कुल आवेदनमध्ये ५ हजार ४३४ जनाले दोहोरो आवेदन दिएका कारण आवेदन रद्द भएको थियो । यस्तै, अन्य कारणबाट १ लाख ६ हजार २९२ जनाको आवेदन रद्द भएको छ ।

प्रकाशित मिति:     ३० श्रावण २०७८, शनिबार  |    Himali Khabar