अमेरिकाका ४४ प्रतिशत एप्पल प्रयोगकर्ता आईफोन १३ किन्ने सोचमा

अमेरिकाका ४४ प्रतिशत एप्पल प्रयोगकर्ता आईफोन १३ किन्ने सोचमा

काठमाडौं । एक सर्वेक्षणका अनुसार अमेरिकाका ४४ प्रतिशत एप्पल प्रयोगकर्ता आईफोन १३ को प्रतिक्षामा रहेको पाइएको छ । सेलसेलले गरेको सो सर्वेक्षणले एप्पलको बहुप्रतिक्षित उत्पादन आईफोन १३ सिरिजको फोन किन्ने योजनामा ४४ प्रतिशत प्रयोगकर्ता रहेको निष्कर्ष निकालेको हो ।

सर्वेक्षणअनुसार उक्त ४४ मध्ये ३८.२ प्रतिशत प्रयोगकर्ता ६.१ इन्च डिस्प्ले रहेको आईफोन १३ किन्ने योजनामा छन् भने ३०.८ प्रतिशत प्रयोगकर्ता ६.७ इन्चको डिस्प्ले भएको आईफोन १३ प्रो म्याक्स किन्ने योजनामा छन् । त्यस्तै २४ प्रतिशत प्रयोगकर्ता ६.१ इन्चको आईफोन १३ प्रो किन्ने योजनामा रहेको सर्वेक्षणले देखाएको छ । त्यस्तै ७ प्रतिशत प्रयोगकर्ता भने आईफोन १३ मिनी खरिद गर्ने योजनामा छन् ।

सर्वेक्षण गरिएका प्रयोगकर्तामध्ये करिब २२ प्रतिशतले फोनको १२० हर्जको हाई रिफ्ररेस रेटका कारण फोन खरिद गर्न चाहेको बताएका छन् भने करिब १८.२ प्रतिशत प्रयोगकर्ताले अन्डर डिस्प्ले टच आईडी फिचर हुने आशामा आईफोन १३ लाई कुरेको बताएका छन् ।

प्रकाशित मिति:     २८ श्रावण २०७८, बिहीबार  |    Himali Khabar