मैलुङ खोला जलविद्युतको आइपीओ ६८ हजार ४६८ जनाले पाए १० कित्ता, ६ जनालाई ११ कित्ता

मैलुङ खोला जलविद्युतको आइपीओ ६८ हजार ४६८ जनाले पाए १० कित्ता, ६ जनालाई ११ कित्ता

काठमाडौं। मैलुङ खोला जलविद्युत आयोजनाको आइपीओ मंगलबार बाँडफाँट भएको छ।२० लाख ६७ हजार ९६७ जनाले कम्पनीको सेयरमा आवेदन दिएका थिए। ती मध्ये ६८ हजार ४६८ जनाले १० कित्ताका दरले र ६ जनाले ११ कित्ताका दरले सेयर पाएका छन्।

बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार कम्पनीका कर्मचारीले १४ हजार ७२६ कित्ता, म्युचुअल फण्डले ३६ हजार ८१४ कित्ता र सर्वसाधारणले ६ लाख ८४ हजार ७४६ कित्ता सेयर पाएका छन्।

कम्पनीले साउन १८ गते देखि २४ गते सम्म सात लाख ३६ हजार २८६ कित्ता सेयर बिक्रीमा ल्याएको थियो।

प्रकाशित मिति:     २६ श्रावण २०७८, मंगलवार  |    Himali Khabar