काठमाडौं । हप्ताको अन्तिम कारोबार दिन बजार खुलेको साढे दुई घण्टाको अवधिमा चार वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । जीवन विकास लघुवित्त वित्तीय संस्था, कर्णाली डेभलपमेण्ट बैंक, नेपाल फाइनान्स र यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो ।
नेपाल फाइनान्स, कर्णाली डेभलपमेण्ट बैंक र जीवन विकास लघुवित्तको सेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशतले वृद्धि भएको छ ।
त्यस्तै, यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको शेयरमूल्य ९ दशमलव ९८ प्रतिशतले वृद्धि भएको हो । यी चार पटै कम्पनीको सेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले सेयरमूल्य बढेको हो ।
नेपाल फाइनान्सको शेयरमूल्य प्रतिकित्ता ७२० दशमलव ५०, कर्णाली डेभलपमेण्ट बैंकको ४४७ दशमलव ७०,जीवन विकास लघुवित्तको १ हजार ५०६ दशमलव २० र यूनियन लाइफ इन्स्योरेन्सको शेयरमूूल्य ४८२ दशमलव ७० पुगेको हो ।