सानिमा लाइफको आइपीओ खुल्यो, २४ गतेसम्म आवेदन दिन सकिने

सानिमा लाइफको आइपीओ खुल्यो, २४ गतेसम्म आवेदन दिन सकिने

काठमाडौं । सानिमा लाइफ इन्सुरेन्सले बुधबारदेखि आइपीओ बिक्री खुला भएको छ । यसले प्रतिकित्ता १०० रुपैयाँको दरले ६० लाख कित्ता आइपीओ निष्कासन गर्न लागेको हो ।

जसमध्ये कर्मचारीलाई ३ लाख कित्ता सेयर र म्युचुअल फन्डलाई पनि ३ लाख कित्ता नै सेयर छुट्याएको छ । बाँकी ५४ लाख कित्ताका लागि सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् ।

यसमा बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ । लगानीकर्ताले साउन २४ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त समयमा सबै आइपीओ बिक्री नभएमा भने भदौ २ गतेसम्म खुला हुनेछ । लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।

प्रकाशित मिति:     २० श्रावण २०७८, बुधबार  |    Himali Khabar