तीन कम्पनीलाई आइपीओ जारी गर्न बोर्डले अनुमति दियो

तीन कम्पनीलाई आइपीओ जारी गर्न बोर्डले अनुमति दियो

काठमाडौं । नेपाल धितोपत्र बोर्डले तीन वटा कम्पनीलाई आईपीओ निष्कासन गर्न अनुमति दिएको छ । बोर्डले न्यादी हाइड्रोपावर लिमिटेड, साहस उर्जा लिमिटेड र बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीलाई आईपीओ निष्कासन गर्ने अनुमति दिएको हो ।

न्यादी हाइड्रोपावर कम्पनीले ४० लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न साउन ११ गते अनुमति पाएको छ। साहस उर्जा लिमिटेडले १ करोड ५ लाख र बुद्धभूमि नेपालले १२ लाख कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएको हो ।

ती तीन वटै कम्पनीले स्थानीय र सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्न लागेका हुन ।

प्रकाशित मिति:     १५ श्रावण २०७८, शुक्रबार  |    Himali Khabar