अर्थमन्त्रालयले धितोपत्र बोर्डका अध्यक्षलाई सोध्यो स्पष्टिकरण

अर्थमन्त्रालयले धितोपत्र बोर्डका अध्यक्षलाई सोध्यो स्पष्टिकरण

काठमाडौं । अर्थ मन्त्रालयले धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानालाई ३ दिने स्पष्टिकरण सोधेको छ । सर्वोत्तम सिमेन्टको १० हजार कित्ता सेयर अध्यक्ष ढुंगानाकी छोरी रेविका ढुंगानाले किनेको विषयमा अर्थ मन्त्रालयले गराउँदै स्पष्टिकरण सोधेको हो ।

बुक बिल्डिङ प्रणालीमार्फत् आइपीओ जारी गर्न लागेको सर्वोत्तम सिमेन्टको शेयर बोर्डका अध्यक्ष ढुंगानाको छोरी रेविकाले खरिद गरेको पाइएपछि उनी विवादमा तानिएका छन् । बुक बिल्डिङमार्फत् साढे ७ सय रुपैयाँमा बेच्ने प्रस्ताव गरेको सर्वोत्तमले २५० रुपैयाँमा अमेरिका बस्ने ढुंगानाको छोरीले १० हजार कित्ता शेयर बेचेको पाइएको छ।

प्रकाशित मिति:     १४ श्रावण २०७८, बिहीबार  |    Himali Khabar