नेप्से परिसूचक हालसम्मकै उच्च

नेप्से परिसूचक हालसम्मकै उच्च

काठमाडौं । सेयर कारोबार मापक नेप्से परिसूचक हालसम्मकै उच्च विन्दुमा पुगेको छ । बुधबार दोहोरो अंकले बजार बढेर नेप्से परिसूचक ३०९४.९४ अंकमा पुगेको छ । यो इतिहासकै उच्च विन्दु हो ।

मंगलबार पनि २९.२४ अंकले बढेर ३ हजार ७९ दशमलव ६७ अंकमा पुगेर नयाँ रेकर्ड कायम भएको थियो ।

कारोबार पनि १३ अर्ब २९ करोड १९ लाख रुपैयाँ पुगेको छ ।सबैभन्दा धेरै कारोबार युनाइटेड मोदीको ३८ करोड ५६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

प्रकाशित मिति:     १३ श्रावण २०७८, बुधबार  |    Himali Khabar