सिद्धार्थ बैंकद्वारा गोंगबु क्षेत्रका होटल व्यवसायीलाई क्युआर कोड हस्तान्तरण

सिद्धार्थ बैंकद्वारा गोंगबु क्षेत्रका होटल व्यवसायीलाई क्युआर कोड हस्तान्तरण

काठमाडौं, ९ फागुन । सिद्धार्थ बैंक लिमिटेडले नगदरहित कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले गोंगबु क्षेत्रका होटल व्यवसायीलाई क्युआर कोड हस्तान्तरण गरेको छ। गोंगबु क्षेत्रका होटल व्यवसायी संघसँग आवद्ध ५० होटल व्यवसायीहरुलाई क्युआर कोड हस्तान्तरण गरिएको हो।

बैंकका प्रमुख कार्यकारी अधिकृृत शम्भुनाथ गौतम, गोंगबु शाखा प्रबन्धक मिनबहादुर चौलागाईं, नेपाली होटल व्यवसायी संघका महासचिव गणेश ढकालले श्रमिक गेष्ट हाउसमा क्युआर कोडमार्फत् भुक्तानी गरी सुरुवात गरिएको हो।

क्युआर कोड सेवा सुरु भएसँगै ग्राहकले नेपाली होटल व्यवसायी संघ अन्तर्गतमा रहेका होटल तथा लजहरुमा आफ्नो मोबाइल बैंकिङ एप प्रयोग गरी होटल संचालकलाई सिधै खातामा भुक्तानी गर्न सक्नेछन्।

प्रकाशित मिति:     ९ फाल्गुन २०७७, आईतवार  |    Himali Khabar