मध्य भोटेकोशीको आईपीओमा साढे १६ लाख कित्ताको लागि आवेदन

मध्य भोटेकोशीको आईपीओमा साढे १६ लाख कित्ताको लागि आवेदन

काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनीको आईपीओमा साढे १६ लाख कित्ताका लागि आवेदन परेको छ । बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार कम्पनीको आईपिओमा बिहिबार साँझसम्ममा १६ लाख ४७ हजार ७ सय ६१ कित्ताको लागि आवेदन परेको हो ।

हालसम्म कुल ७ हजार ५ सय ८६ आवेदकबाट १६ करोड ४७ लाख रुपैयाँ बढीको आवेदन परेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयलाई ६० करोड बराबरको ६० लाख कित्ता सेयर निष्काशन गरेको छ । आईपीओमा ग्लोबल आईएमई क्यापिटलको वेबसाइट, इसेवा, आईएमई पे बाट अनलाइन आवेदन दिन सकिने व्यबस्था गरिएको छ ।

प्रकाशित मिति:     ८ श्रावण २०७८, शुक्रबार  |    Himali Khabar