तीन हजार अंकमाथि पुग्यो नेप्से परिसूचक, यी तीन कम्पनीले कमाए सबैभन्दा धेरै

तीन हजार अंकमाथि पुग्यो नेप्से परिसूचक, यी तीन कम्पनीले कमाए सबैभन्दा धेरै

काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) तीन हजार अंकभन्दा माथि पुगेको छ। आज साताको अन्तिम कारोबार दिन बिहीबार १६ अंकको वृद्धिसँगै परिसूचक तीन हजार अंकमाथि पुगेको हो।

कारोबार समयदेखि नै बढ्न थालेको नेप्सेमा दोहोरो अंकको वृद्धिसँगै परिसूचक तीनहजार ४ अंकमा पुगेको छ। यस क्रममा आज पाँच करोड ५९ लाख कित्ता सेयर किनबेच भई ११ अर्ब ११ करोड रुपैयाँको कारोबार भएको छ।

लक्ष्मी उन्नती कोष, नाङदी ग्रुप पावर र सिईडिबी हाइड्रोको शेयर मूल्यमा सबैभन्दा धेरै अर्थात १० प्रतिशतले बढेको छ ।

प्रकाशित मिति:     ७ श्रावण २०७८, बिहीबार  |    Himali Khabar