डिजिटल लर्निङ डे’मा ‘डिजिटल शिक्षाका लागि सँगै’ कार्यक्रम हुने

डिजिटल लर्निङ डे’मा ‘डिजिटल शिक्षाका लागि सँगै’ कार्यक्रम हुने

काठमाडौं, ७ फागुन । निमा एजुकेशन फाउन्डेसनको आयोजनामा यो वर्षको ‘डिजिटल लर्निङ डे’ आज विभिन्न कार्यक्रमहरूको आयोजना गरेर मनाइँदै छ ।
विश्वव्यापी रूपमा २०१२ को फेब्रुअरीदेखि सबै विद्यार्थीहरूका लागि नवीन शिक्षा र पहुँचको वकालत गर्न मनाइँदै आएको हो ।

नेपालमा पनि २०१९ देखि फाउन्डेसनले विभिन्न कार्यक्रमहरूको आयोजना गरेर मनाउन सुरु गरेको शुक्रबार पत्रकार सम्मेलनमार्फत् जानकारी दिएको छ । यो वर्ष ‘डिजिटल शिक्षाको लागि सँगै’ भन्ने नारासहित विभिन्न विषयमा प्यालन डिस्कसन तथा अन्तरत्रिया कार्यक्रमहरूको आयोजना गरिने आयोजकले बताएको छ ।

होटल हिमालयमा हुने कार्यक्रममा यसै क्षेत्रका सरोकारवाला, विश्वविद्यालयका प्रतिनिधि अन्तर्राष्ट्रिय स्तरबाट एक विज्ञले ‘कि नोट स्पिकर’को रूपमा सहभागिता जनाउने छन् । त्यसअघि नै विद्यार्थी तथा शिक्षकहरूका लागि वर्कशप तथा इन्फरमेटिभ सेसनहरूसमेत दुई दिनका लागि सञ्चालन गर्ने तयारी गरेको आयोजकले जानकारी दिएको छ । कोरोना भाइरसको महामारीले नेपालमा डिजिटल शिक्षाका लागि नयाँ आयाम थपेकाले यो वर्ष यसको प्रवद्र्धन गर्नै डिजिटल लर्निङ डेको सान्दर्भिकता र महत्त्व अझै बढेर गएको आयोजकले बताएको छ ।

प्रकाशित मिति:     ७ फाल्गुन २०७७, शुक्रबार  |    Himali Khabar