काठमाडौं । सरकारले चालु आर्थिक वर्षको बजेट भाषणमार्फत अल्पकालीन कारोबारी र दीर्घकालीन लगानीकर्तालाई फरक–फरक दरमा पुँजीगत लाभकर लिने व्यवस्था गरेको छ । जसअनुसार नयाँ आर्थिक वर्षअर्थात आजबाट यो प्रावधान लागू भएको छ ।
आज शुक्रबार भएकाले करोवार खुल्ला नहुने भएकाले व्यवहारिकरुपमा भने आइतबारदेखि मात्रै यो कार्यान्वयन हुनेछ ।
नयाँ व्यवस्था अनुसार १ वर्षभन्दा कम अवधिको लगानीलाई ७.५० प्रतिशत र १ वर्ष भन्दा बढी अवधि होल्ड गर्नेलाई ५ प्रतिशत लाभकर लाग्ने छ । अल्पकालीन कारोबारी र दीर्घकालीन लगानीकर्तालाई फरक–फरक पुँजीगत लाभकर लाग्ने व्यवस्था कार्यान्वयनको लागि सबै तयारी सकिएको सरोकारवाला निकायले जनाएका छन् ।
यसअघि सबै व्यक्तिगत लगानीकर्तालाई ५ प्रतिशत कर लाग्दै आएको थियो ।