काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार बढेर हरियाली देखिएको छ । असार लागेसँगै लगातार जसो घटिरहेको बजारमा आइतबार भने उछाल आएको छ ।
नेप्से परिसूचक ७३. ३३ अंकले बढेर २ हजार ८९८अंकमा पुगेको छ । नेप्से परिसूचक २.६४ प्रतिशतले बढेको हो ।
आइतबार धेरै कमाउनेमा गोर्खा फाइनान्स पहिलो नम्बरमा देखिएको छ भने दोस्रो नम्बरमा श्रीइन्भेष्टमेन्ट फाइनान्स र तेस्रो नम्बरमा आईसीएफसी फाइनान्स देखिएको छ । यी तीनै कम्पनीको सेयर मूल्य १० प्रतिशत भन्दा धेरैले बढेको छ ।
यस्तै धेरै गुमाउनेको शीर्ष स्थानमा भने कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेड देखिएको छ । यसैगरी ओरियण्टल होटल एनबीबीएल डिबेञ्चरको धेरै घटेको छ ।