तीन लाख २५ हजारले पाए ग्रीनलाईफ हाइड्रोको शेयर

तीन लाख २५ हजारले पाए ग्रीनलाईफ हाइड्रोको शेयर

काठमाडौं, ७ फागुन । ग्रीनलाईफ हाइड्रोपावरको आइपीओ बाँडफाँड भएको छ। कम्पनीको आइपीओ बिक्री प्रबन्धक बीओके क्यापिटलले आज बाँडफाँड गरेको हो।

कम्पनीले माघ २३ गतेदेखि सर्वसाधारणका लागि बिक्री खुला गरेको ३२ लाख ५१ हजार छ सय ५२ कित्ताका लागि १३ लाख २२ हजारले आवेदन गरेका थिए। कुल आवेदकमध्ये तीन लाख २५ हजार एक सय ६५ जनाले कम्पनीको शेयर पाएको बिक्री प्रबन्धक क्यापिटलले बताएको छ।

बिक्री खुलाइएको ३४ लाख ९६ हजार चार सय कित्तामध्ये एक लाख ७४ हजार आठ सय २० कित्ता सामुहिक लगानी कोषलाई र ६९ हजार नौ सय २८ कित्ता शेयर कर्मचारीका लागि छुट्याइएको थियो

प्रकाशित मिति:     ७ फाल्गुन २०७७, शुक्रबार  |    Himali Khabar