काठमाडौं । यूनियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सर्वसाधारणका लागि आजदेखि आईपीओ विक्री खुला गरेको छ । कम्पनीले ६४ करोड ५० लाख बराबरको ६४ लाख ५० हजार कित्ता आईपीओ विक्री खुला गरेको हो ।
कम्पनीले सर्वसाधारणका लागि छुट्याएको कुल कित्तामध्ये ५ प्रतिशत कर्मचारी र ५ प्रतिशत सामूहिक लगानीकोषका लागि सुरक्षित गरी बाँकी ५८ लाख ५ हजार कित्ता सार्वजनिक निष्कासनमा ल्याएको हो । कम्पनीले सर्वसाधारणमा जारी पूँजीको ३० प्रतिशत शेयर विक्री खुला गरेको हो । हाल कम्पनीको संस्थापक तर्फ चुक्ताभएको ७० प्रतिशत शेयरपूँजी १ अर्ब ५० करोड ५० लाख रहेको छ । जीवन बीमा कम्पनीहरुले कायम गर्नुपर्ने २ अर्ब चुक्तापूँजी कायम गर्न आईपीओ विक्री गर्न लागेको हो । आईपीओ पश्चात कम्पनीको चुक्तापूँजी २ अर्ब १५ करोड पुग्नेछ ।