बुधबार पनि सेयर बजारमा देखिएन चमक

बुधबार पनि सेयर बजारमा देखिएन चमक

काठमाडौं । नेप्से सूचक १६.९७ अंकले घटेर २८०१ विन्दुमा आइपुगेको छ । ४ अर्ब ५८ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

२२२ कम्पनीको १ करोड १६ लाख ६४ हजारभन्दा बढी कित्ता सेयर खरिदबिक्री भएको छ । यस दिन विकास बैंक र माइक्रोफाइनान्स समूहका सूचकहरु सकारात्मक छन् । ४३ करोड ५४ लाख रुपैयाँभन्दा बढीसहित खरिदबिक्री रकममा छिमेक लघुवित्त अग्रस्थानमा रहेको छ । दोस्रो र तेस्रोमा क्रमशः अपर तामाकोशी र हिमालयन डिष्टिलरी परेका छन् ।

छिमेक लघुवित्तको सबैभन्दा धेरै कारोबार भएको छ । यसको ४३ करोड ५४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

प्रकाशित मिति:     २३ असार २०७८, बुधबार  |    Himali Khabar