सुस्तायो सेयर कारोबार, १८ अर्बको रेकर्ड बनाएको बजारमा सोमबार ४ अर्बमा सिमित

सुस्तायो सेयर कारोबार, १८ अर्बको रेकर्ड बनाएको बजारमा सोमबार ४ अर्बमा सिमित

काठमाडौं । सोमबार सेयर बजारमा नेप्से परिसूचक र कारोबार रकम दुबै घट्यो । नेप्से परिसूचक ११.७८ अंकले घटेर २८२२ विन्दुमा झरेको छ । नेपाल धितोपत्र बोर्डले लगानी जोखिम रहेका कम्पनीहरुको सूचि सार्वजनिक गरदेखि लगानीकर्ताको आकर्षण बजारमा कम देखिदै आएको छ। गत जेठमा १८ अर्ब सम्मको कारोबार भएपछि बोर्डको सूचि प्रकाशनपछि विस्तारै घटेर साढे चार अर्बमा खुम्चिएको छ।

कारोबार पनि २ सय २४ वटा कम्पनीको ४ अर्ब ५८ करोड २२ लाख रुपैयाँको भएको छ। व्यापार, उत्पादन तथा प्रशोधन, म्युचुअल फन्ड, अन्य र इन्भेष्टमेन्ट समूहको सूचक बढेको छ । तर १३ समूहमा अन्य सबै घटेको छ ।

हिमालयन डिष्टिलरीको ४१ करोड २० लाख र माथिल्लो तामाकोशीको १९ करोड ३२ लाख र नेपाल बैंकको १५ करोड ५६ लाख रुपैयाँको कारोबार भएको छ। विशाल बजार कम्पनीको सेयर मूल्य ९.९९ प्रतिशतले बढेर छ भने गोर्खा फाइनान्स ६.३६ प्रतिशत घटेको छ ।

प्रकाशित मिति:     २१ असार २०७८, सोमबार  |    Himali Khabar