मनकामना स्मार्ट लघुवित्तको आईपीओमा आवेदन दिनुभो ? आज हो अन्तिम दिन

मनकामना स्मार्ट लघुवित्तको आईपीओमा आवेदन दिनुभो ? आज हो अन्तिम दिन

काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले सर्वसाधारणमा ३ लाख ६३ हजार ४९२ कित्ता शेयर सार्वजनिक निष्कासनमार्फत विक्री खुला गरेको हो । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले दिएको जानकारी अनुसार आइतवार साझ पौने ६ बजेसम्म १७ लाख २५ हजार ६७८ जनाले २ करोड २७ लाख २६ हजार ८९० कित्ताको लागि आवेदन दिएका छन् । जुन मागभन्दा ६२.५२ गुणा बढी आवेदन हो ।

सर्वसाधारणमा विक्री गर्न लागेको कुल ३ करोड ८९ लाख बराबरको ३ लाख ८९ हजार कित्ता आईपीओमध्य कम्पनीले०. ५ प्रतिशत दरको ६ हजार ५८ कित्ता कम्पनीका कर्मचारीहरुका लागि र ५ प्रतिशत दरको १९ हजार ४५० कित्ता सामुहिक लगानीकोषको लागि सुरक्षित गरी बाँकी ३ लाख ६३ हजार ४९२ कित्ता शेयर सार्वजनिक निष्कासनमा ल्याएको हो ।

प्रकाशित मिति:     २१ असार २०७८, सोमबार  |    Himali Khabar