यूनियन लाइफले २४ देखि आईपीओ निष्कासन गर्ने

यूनियन लाइफले २४ देखि आईपीओ निष्कासन गर्ने

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनीले असार २४ देखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले जारी पूँजी २ अर्ब १५ करोडको ३० प्रतिशत अर्थात् ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।

कम्पनीले निष्कासन गर्न लागेको कुल ६४ लाख कित्ता शेयरमध्ये ५ प्रतिशत अर्थात् ३ लाख २२ हजार ५०० कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत सामूहिक लागनीकोषहरुलाई सुरक्षित गरेको छ । सर्वसाधारणले बाँकी ५८ लाख ५ हजार कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् ।

उक्त आईपीओ छिटोमा असार २८ गते र ढिलोमा साउन ७ गतेसम्म आवेदन दिनसक्ने छन् ।

प्रकाशित मिति:     १६ असार २०७८, बुधबार  |    Himali Khabar