डिम्याट खाता नवीकरण गराउनुभो ? फ्रिज होला नि !

डिम्याट खाता नवीकरण गराउनुभो ? फ्रिज होला नि !

काठमाडौं । निक्षेप सदस्यहरुले सूचना जारी गर्दै डिम्याट खाता नवीकरण गर्न आग्रह गरेका छन्। असार मसान्तभित्र डिम्याट खाता नवीकरण नगर्नेको खाता फ्रिज हुने भएकाले उनीहरुले यस्तो आग्रह गरेका हुन ।

प्रत्येक आर्थिक वर्षको अन्त्यसम्ममा डिम्याट खाता नवीकरण गर्नुपर्ने व्यवस्था छ। १ सय रुपैयाँ शुल्क बुझाएर सदस्यहरुले खाता नवीकरण गर्न सक्ने छन् ।

जुन निक्षेप सदस्यकोमा खाता खोलेको हो, सोही सदस्यकोमा गई खाता नवीकरण गर्न सकिनेछ। साथै पछिल्लो समय अनलाइनबाट रकम भुक्तानी गरेर पनि खाता नवीकरणका गर्न सकिने छ ।

सिडिएसका अनुसार हालसम्म ३५ लाख ५७ हजारले डिम्याट खाता खोलेका छन्। यस्तो डिम्याट खाता खोलिदिने संस्था (निक्षेप सदस्य)को संख्या ७७ छ।

प्रकाशित मिति:     १५ असार २०७८, मंगलवार  |    Himali Khabar