काठमाडौं । जीवन विकास लघुवित्तको आइपीओमा २ अर्ब ३२ करोड ९२ लाख १३ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार आइतबार साँझ ५.३० बजेसम्म १५ लाख २८ हजार ४४१ जना आवेदकले २ करोड ३२ लाख ९२ हजार १३० कित्ताका लागि आवेदन दिएका छन् ।
यो आवेदन सर्वसाधारणबाट माग गरिएको भन्दा १२.६० गुणा धेरै हो । कम्पनीले गत शुक्रबारगतेदेखि कुल १९ लाख ७७ हजार ३०० कित्ता आइपीओ निष्कासन गरेको हो । जसमध्ये १८ लाख ४८ हजार १५ कित्ताका लागि सर्वसाधारणलले आवेदन दिन सक्नेछन् ।
आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । यस आइपीओमा असार १५ गतेसम्म आवेदन दिन सकिन्छ ।