काठमाडौं। पछिल्लो समय निरन्तर घट्न थालेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज भने बढेको छ। गत साताभर ६२ अंकले घटेको सेयर बजार परिसूचक आज २७ अंकले बढेको हो।
यस क्रममा ७ अर्ब १६ करोड रुपैयाँ बराबरको कारोबार भई २ करोड ९ लाख कित्ता सेयर किनबेच भएको छ। आज सेञ्चुरी कमर्सियल बैंकको सेयर मूल्यमा धेरै कमाएका छन् । यसको सेयर मूल्य ९.९६ प्रतिशतले वृद्धि छ । गोर्खाज फाइनान्सका लगानीकर्ताले भने धेरै गुमाएका छन् ।