तेह्रथुम पावरले १२ करोडको आइपीओ बिक्री गर्दै

तेह्रथुम पावरले १२ करोडको आइपीओ बिक्री गर्दै

काठमाडौं । तेह्रथुम पावर कम्पनीले १२ करोड रुपैयाँ बराबरको आइपीओ बिक्री गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले १२ लाख कित्ता आइपीओ बिक्री गर्न अनुमति पाएको हो ।

कम्पनीले स्थानीय र सर्वसाधारणलाई आइपीओ जारी गर्ने एकैपटक अनुमति पाएको हो। तेह्रथुमको आइपीओमा एनआएबीएल एस क्यापिटलले बिक्री प्रबन्धकको काम गर्नेछ ।

रेटिङ एजेन्सी इक्रा नेपालले आइपीओलाई औसत भन्दा कम अवस्था जनाउने ग्रेड ४ प्लस रेटिङ दिएको छ । यसले तेह्रथुम जिल्लामा ७.५ मेगावटको अपर खोरुङ स्मल हाइड्रोपावर प्रोजेक्ट निर्माण गरिरहेको छ । यस जलविद्युत आयोजनाको कुल लागत १ अर्ब ३७ करोड ६० लाख रुपैयाँ रहेको छ ।

प्रकाशित मिति:     १३ असार २०७८, आईतवार  |    Himali Khabar