प्रि –ओपन सेसनमा मूल्य २ प्रतिशत मात्र घटबढ गर्न पाइने

प्रि –ओपन सेसनमा मूल्य २ प्रतिशत मात्र घटबढ गर्न पाइने

काठमाडौं । नेपाल धितोपत्र बोर्डले हाल दोस्रो बजारमा प्रारम्भिक कारोबार सत्र (प्रि ओपन सेसन) मा कायम रहेको मूल्य घटबढको सिमालाई परिमार्जन गरेको छ । अहिले शेयर बजार खुल्नु अघि १०ः ३० बजेदेखि १० ः४५ सम्म प्रि– ओपन सेसन खुला हुन्छ ।

बोर्डले बिहीवार प्रेस विज्ञप्ति जारी गर्दै प्रि ओपन सेसनमा कायम रहेको मूल्य घटबढको सिमालाई घटाएर २ प्रतिशतमा झारेको हो । यसभन्दा अगाडि प्रि –ओपन सेसनमा कम्पनीको शेयरमूल्य ५ प्रतिशतसम्म घटबढ हुन पाउने व्यवस्था थियो । प्रि ओपन सेसनमा मूल्य घटबढको सिमा ५ प्रतिशत हुँदा चलखेल भएको गुनासो आएकोमा त्यसलाई २ प्रतिशतमा घटाएर बोर्ड लगानीकर्ताको गुनासो सम्बोधन गरेको हो ।

प्रारम्भिक सत्रमा कारोबार भएको धितोपत्रको मूल्यमा भइरहेको अस्वभाविक उतार चढावलाई व्यवस्थित गर्नुपर्ने देखिएकाले उक्त सत्रमा गरेको धितोपत्रको कारोबार मूल्य परिवर्तन सिमालाई घटाएको बोर्डले बताएको छ ।

प्रकाशित मिति:     १० असार २०७८, बिहीबार  |    Himali Khabar