एमबीबीएस र बीडीएसको दर्ता प्रमाणपत्र परीक्षा फागुन ९ देखि

एमबीबीएस र बीडीएसको दर्ता प्रमाणपत्र परीक्षा फागुन ९ देखि

काठमाडौं, ६ फागुन । नेपाल मेडिकल काउन्सिलले एमबीबीएस र बीडीएसको लाइसेन्स परीक्षाको मिति सार्वजनिक गरेको छ । काउन्सिलले फागुन ९, १० र ११ गते हुने एमबीबीएस र बीडीएसको दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षा सञ्चानल गर्ने जनाएको छ ।

इन्जिनियरिङ्ग अध्ययन संस्थान, सुचना तथा सञ्चार प्रविधि केन्द्र, पुल्चोकमा बिहान १० बजेदेखि १ बजेसम्म परीक्षा सञ्चालन हुने काउन्सिलद्वारा जारी गरिएको सूचनामा उल्लेख गरिएको छ । एमबीबीएस तर्फको परीक्षा फागुन ९ गतेदेखि १० गतेसम्म हुने छ भने बीडीएसको परीक्षाा फागुन ११ गते हुने छ । दर्ता प्रमाणपत्र परीक्षामा १ हजार ७४ जना एमबीबीएस र २ सय १० जना बीडीएसका परीक्षार्थी सहभागी हुने छ ।

प्रकाशित मिति:     ६ फाल्गुन २०७७, बिहीबार  |    Himali Khabar