पत्रकार सम्मेलनमा रोनाल्डोले कोकको बोतल हटाउँदा सेयर मूल्य चार खर्ब ६९ अर्ब रुपैयाँले घट्यो (भिडियो सहित)

पत्रकार सम्मेलनमा रोनाल्डोले कोकको बोतल हटाउँदा सेयर मूल्य चार खर्ब ६९ अर्ब रुपैयाँले घट्यो (भिडियो सहित)

काठमाडौं । युरोकपको प्रि–म्याच पत्रकार सम्मेलनमा पोचुर्गलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले कोकाकोलाको बोतल फ्रेमबाट हटाएपछि कम्पनीको ब्राण्ड र सेयर मूल्यमा धक्का पुगेको छ। उक्त घटनाअघि कोकको सेयर मूल्य प्रतिकित्ता ५६.१० अष्ट्रेलियन डलर रहेकोमा रोनाल्डोसँगको पत्रकार सम्मेलनपछि सेयर मूल्य १.६ प्रतिशतले घट्दै ५५.२० अष्ट्रेलियन डलरमा झरेको थियो।

कोकाकोलाको बजार मूल्य करिब पाँच अर्ब २० करोड अष्ट्रेलियन डलर (चार खर्ब ६९ अर्ब रुपैयाँ) रुपैयाँ गुमेको छ । रोनाल्डोले प्रतियोगिताको ठूलो प्रयोजकसमेत रहेको कोकाकोलाको बोतल हटाउँदै खानेपानीको बोतल उचालेर क्यामेरामा देखाएका छन् ।

रोनाल्डोले कोकको सट्टा पानीु को सन्देशको आशय बुझिने किसिमले कोकको बोटल पन्छाएको घटनापछि कोकाकोलाले आधिकारिक प्रतिक्रिया जनाएको छ। (एजेन्सीको सहयोगमा)

प्रकाशित मिति:     २ असार २०७८, बुधबार  |    Himali Khabar