काठमाडौं । सीईडीबी हाइड्रोपावर डेभलपमेण्ट कम्पनीको शेयर कारोबारमा आएको तेस्रो दिन आइतवार पनि ९.९६ प्रतिशतले वृद्धि भएको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता ५५२ पुगेको हो ।
कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्यमा वृद्धि भएको हो । उक्त कम्पनीको शेयरमूल्य दोस्रो बजारमा सूचीकृत भएदेखि नै सकारात्मक लेवलमा वृद्धि हुँदै आएको छ ।