काठमाडौं । सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको आइपीओ नेप्सेमा सूचीकरण भएको छ । अब बुधबारबाट यसको सेयर कारोबार खुला हुनेछ ।
नेप्सेले यसको ओपनिङ रेन्ज पनि तोकेको छ । जसअनुसार पहिलो कारोबार न्यूनतम १३८ रुपैयाँ ७९ पैसादेखि अधिकतम ४१६ रुपैयाँ ३७ पैसाभित्र रहेर हुनेछ । सिएचडीसी संकेतमा यसको कारोबार खुला हुनेछ ।
सीइडीबीको चुक्ता पुँजीका आधारमा कायम कुल ८३ लाख ९४ हजार कित्ता सेयर सूचीकरण गरिएको हो ।