काठमाडौं । पछिल्लो समय शेयर बजारमा लगानी गर्नेहरुको संख्या उल्लेख्य रुपमा बृद्धि भइरहेको छ । निषेधाज्ञा यता त दैनिक औषत ८ अर्ब रुपैयाँ हाराहारीमा शेयर कारोबार भइरहेको छ । यो साताको अन्तिम दिन बिहीबार मात्र १४ अर्ब ७६ करोडको शेयर कारोबार भएको छ।
त्यो दिन लगानीकर्ताको नजर हाइड्रोपावरको शेयरमा रहेको छ । ८ वटा हाइड्रोपावर कम्पनीमा लगानीकर्ताले धेरै शेयर किनेका छन् । ति कम्पनीहरुको शेयर मूल्य ३ सयदेखि ७ सयको बीचमा रहेको कारण पनि लगानीकर्ताको नजर लागको हो । बिहीबार सबैभन्दा धेरै कारोबार भएका १० कम्पनी
अपि पावर कम्पनी ३ सय ७६ रुपैयाँ छ । अरुण कावेली हाइड्रोपावरको शेयर मूल्य ४ सय ६३ रुपैयाँ, चिलिमे जलविद्युत कम्पनीको प्रतिशेयर मूल्य ७ सय ५१ रुपैयाँ रहेको छ। यस्तै यूनाइटेड मोदी हाइड्रोपावरको पनि शेयर मूल्य ३ सय ३० रुपैयाँ, सानिमा माइ हाइड्रोपावरको ४ सय ७९ रुपैयाँ र बुटवल पावर कम्पनीको ५ सय २६ रुपैयाँ रहेको छ ।
यस्तै लगानीकर्ताले सबैभन्दा धेरै रुचाएको अर्को हाइड्रोपावर कम्पनीमा अरुण भ्याली हो । यो कम्पनीको पनि गतसाता धेरै कारोबार भएको छ । यसको शेयर मूल्य प्रतिकित्ता ४ सय ७२ रुपैयाँ रहेको छ । जोशी हाइड्रोपावरमा पनि लगानीकर्ताको नजर लागेको छ । यसको शेयर मूल्य पनि २ सय ५४ रुपैयाँ मात्र रहेको छ ।
नेपाल रिको भने १६ सय २५ रुपैयाँ छ । यस्तै छिमेक लघुवित्त छ । यसको शेयर मूल्य १७ सय ७५ रुपैयाँ छ ।